रौतहटबाट दुई थान बन्दुक र २० थान डमरुसहित एक पक्राउ

रौतहट - रौतहटको चन्द्रपुर नगरपालिका ३ मा पर्ने चुरे क्षेत्रको ख्याकु गाउँबाट २ थान भरुवा बन्दुक र खयर काठको डमरुसहित एक जना पक्राउ परेका छन् ।
डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले भरुवा बन्दुक र डमरु सहित एक जनालाई पक्राउ गरेको जनाएको हो ।
ख्याकु गाउँमा अवैध रूपमा खयर काटेर डमरु कारखाना सञ्चालन गर्दै आएका कान्छामान जिम्बालाई गोठमा डिभिजन वन कार्यालयको गस्ती टोलीले छापामारी गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।साथै उनको साथबाट दुई थान भरुवा बन्दुक पनि बरामद भएको डिभिजन वन प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिएका छन् ।
टोलीले जिम्बाको घरबाट दुई थान भरुवा बन्दुक र २० थान खयरको डमरु समेत बरामद गरेको छ ।
जिम्बालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत राजेश कुमार साहले जानकारी दिएका छन्। -सञ्जय मिश्रा,

मिथुनलाई प्रेममा सफलता मिल्ने, तुलाको इच्छा शक्ति बढ्ने

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

प्रतिक्रिया