रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले ६ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । जुन आज सकिँदै थियो ।
हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले बयानका लागि रुपन्देही समेत लैजाने तयारी गरेको छ ।

बाँकेमा सम्बन्ध बिच्छेद गर्नेहरू बढ्दै

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

कल्याणपुरका नगरप्रमुख साह एक लाख घुस रकमसहित पक्राउ

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छा…

प्रतिक्रिया