माल्दिभ्सविरुद्ध भुटानको १३ गोल
काठमाडौँ - भुटानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलमा माल्दिभ्सविरुद्ध गोलको बर्षा गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरले पराजित गरेको हो । भुटानका लागि डेकी लाजोमले डबल ह्याट्रिक गरेकी थिइन् ।
जितसँगै भुटान समूह बी को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भुटानको ३ खेलमा ७ अंक भएको छ र सेमिफाइनलको स्थान पक्का गरेको छ ।
आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । सो खेल साँझ साढे ५ बजेदेखि सुरु हुँदैछ । अब नेपाल सेमिफाइनलमा पुग्न कम्तीमा बराबरी खेले पुग्छ भने समूह विजेता बन्नका लागि श्रीलंकामाथि ६ गोलको फराकिलो अन्तरले जित हासिल गर्नुपर्ने भएको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया