शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

प्रधानमन्त्री ओलीले न्यायाधीशहरूलाई अनावश्यक धम्की दिए : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायधीशलाई धम्काइरहेको आरोप लगाएका छन् । बुधबार विपक्षी गठबन्धनले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा देउवाले न्यायाधीशहरूलाई ओलीले अनावश्यक धम्की दिएको भन्दै कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने बताए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आफूले दाबी गरेकाले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोमा असन्तुष्टि व्यक्त गरे । 
देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीको कार्यकर्ता जस्तो भएको टिप्पणी पनि गरे । उनले  छिमेकी बदल्न नसकिने भन्दै दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने जिकिर गरे । देउवाले  कमिसनका कारण कोभिड-१९ को खोप नआएको ठोकुवा गरे ।