कर्जा असुली न्यायधीकरण गठन गरिने

काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि केही दिनमै कर्जा असुली न्यायधीकरण गठन हुने बताएका छन् ।
मन्त्रालयले सय दिनमा गरेका कामका उपलब्धिका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सहकारी नियमन गर्ने निकाय कात्तिक महिनामै गठन गरिने प्रतिबद्धता जनाए । सहकारीको तरलताको समस्या समाधानका लागि बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ संशोधन गरी कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए ।
सहकारी प्रवर्द्धन कोष सञ्चालन कार्यविधिको मस्यौदा प्रतिवेदन तयार भएको मन्त्री अधिकारीले बताए । तीनै तहका सहकारीको नियमनका लागि नियामक निकाय स्थापनासम्बन्धी कानुनको मस्यौदा तयार गरी सरोकारवालाको राय सुझाव लिने काम अघि बढेको छ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष नियमावलीको मस्यौदा तयार गरिएको उनले बताए ।
भूमिसम्बन्धी नियमावली, २०२१ लाई समयसापेक्ष बनाउन लागिएको मन्त्री अधिकारीले जानकारी दिए । मालपोत तथा नापी कार्यालयबाट प्रवाह हुने सेवासम्बन्धी जानकारी सेवाग्राहीलाई दिन सेवा प्रवाहको कार्य प्रक्रिया सम्बन्धी ‘वर्क फ्लो चार्ट’ तयार गरिएको उनले बताए । यस अवधिमा मन्त्रालयबाट तोकिएका २५ लक्ष्य र नतोकिएका २७ समेत गरी ५२ लक्ष्य हासिल भएको उनको भनाइ थियो ।
मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले जनताको आय आर्जनको स्रोत पनि भूमि भएकाले यसमा संवेदशील भएर काम गर्नुपर्ने बताए । सहकारीका समस्या समाधान गर्न सुदृढ संस्थागत प्रबन्ध गर्न लागिएको उहाँले जानकारी दिए ।

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

प्रतिक्रिया