परिवर्तन संस्थागत गर्न नेताहरू चुके : यादव

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिर्वतनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहने बताएका छन् । विपक्षी गठबन्धनले काठमाडौँमा गरेको अन्र्तक्रियामा उनले विगतदेखि वर्तमानसम्म विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त परिर्वतनलाई संस्थागत गर्ने काममा राजनीतिक दलका नेताहरू चुकेको बताए ।
प्रतिगमनलाई परास्त गर्न सजिलो नभएको र परिर्वतन संस्थागत भई जीवन प्रणालीमा रूपान्तरण नभएसम्म प्रतिगमनका खतरा कायमै हुने भएकाले परिर्वतनलाई संस्थागत गर्ने काममा सबैको प्रयास हुनुपर्ने बताए । उनले देशको परिवर्तनलाई संस्थागत गर्नका लागि पनि विपक्षी दलको वर्तमान गठबन्धनलाई लामो समयसम्म लैजानु पर्ने बताए ।
‘जबसम्म परिवर्तन सम्पूर्ण रूपले संस्थागत हुँदैन । प्रतिगमनको खतरा रहिरहेको हुनाले अब यो गठबन्धनलाई हामीले लामो समयसम्म लैजानुपर्ने आवश्यकता छ र यहीँ आवश्यकतालाई महसुस गरेर नै लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै अघि बढ्ने हाम्रो प्रयास रहन्छ,’ उनले भने ।
वर्तमान गठबन्धनले प्रतिगमन परास्त भएपछि कसरी अगाडी बढ्ने भन्ने विषयमा पनि खाका बनाउनुपर्नेमा उनको जोड थियो । देशको परिवर्तनलाई जोगाउन सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने उनले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया