शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

बलिवुड अभिनेत्री रियालाई राहत लुक आउट सर्कुलर जारी गर्ने रिट खारेज

 बलिवुड अभिनेत्री रिया चक्रवर्तीविरुद्ध लुक आउट सर्कुलर जारी गर्न दायर गरेको रिट भारतको सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सीबीआई, महाराष्ट्र सरकार र ब्यूरो अफ इमिग्रेसनले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ र आमाबुवा विरुद्ध लुक आउट सर्कुलर जारी गर्न रिट जारी गरेका थिए ।

बम्बे उच्च अदालतले यी चार व्यक्तिहरूविरुद्ध जारी गरिएको लुक आउट सर्कुलर रद्द गरेपछि उच्च अदालतको यो आदेशलाई सर्वोच्चमा चुनौती दिइएको थियो ।

यी सर्कुलरहरू अभिनेता सुशान्त सिंहको मृत्युको प्रकरणमा रिया चक्रवर्ती, उनका भाइ शोभिक, बुबा (पूर्व सेना कर्मचारी) र आमा (सेना स्कूल शिक्षक) विरुद्ध २०२० मा जारी गरिएको थियो । सुशान्त सिंह राजपूतको परिवारले उनको मृत्युको छानबिन गर्न पटनामा एफआईआर दायर गरेको थियो । त्यसपछि यो मुद्दा सीबीआईलाई सुम्पिएको थियो।

लाइभ लको समाचारका अनुसार न्यायमूर्ति बीआर गवई र न्यायमूर्ति केवी विश्वनाथनको इजलासले यो निवेदनमा गम्भीरता नभएको र अभियुक्तहरू 'हाइ प्रोफाइल' पृष्ठभूमिबाट आएकाले मात्र यो दायर गरिएको टिप्पणी गर्दै याचिका खारेज गरेका थिए ।