आलियाको गुनासो : महिलालाई इन्टरनेटमा वस्तु जसरी हेरियो

काठमाडौँ- बलिउड अभिनेत्री आलिया भट्टले बोटक्स र कस्मेटिक सर्जरीलाई लिएर आफ्नो मौनता तोडेकी छन् ।
हालै सामाजिक सञ्जाल र मिडियामा आलियाले सर्जरी गरेपछि अनुहार बिग्रेको दाबी गर्दै ट्रोलसमेत गरिएको थियो । यी रिपोर्टलाई खारेज गर्दै अभिनेत्री आलियाले आफ्नोविरुद्ध नकारात्मक बोल्ने सबैलाई कडा शब्दमा निन्दा गरेकी छन् ।
आलियाले आफूले बोटोक्स गराएको दाबी गरिएको भन्दै यो झुटो भएको बताएकी थिइन् । आलियाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लामो बयान पोस्ट गर्दै आफू कस्मेटिक सर्जरी गराइरहेको अफवाह बेकार, हास्यास्पद र हानिकारक भएको बताइन् ।
आलियाले भनिन्, ‘कसैले आफ्नो शरीरमा कस्मेटिक रूपमा केही गर्न चाहन्छन् वा शल्यक्रिया गराउन चाहन्छन्, यो उनको रोजाइ हो। तर यो धेरै हास्यास्पद छ कि केहि अनियमित भिडियोहरू देखा परेका छन् जसमा यो स्पष्ट रूपमा दावी गरिएको छ कि मैले बोटोक्स गराए जुन खराब भयो ।'
उनले भनिन्, ‘म बाङ्गो अनुहारले मुस्कुराउँछु र अनौठो ढंगले बोल्छु । अहिले तिमी ढुक्क भएर ‘वैज्ञानिक’ स्पष्टीकरण दिइरहेका छौँ, मलाई एकातिर पक्षघात भएको दाबी गर्दैछौ । ठट्टा गर्दै छौँ ?'
आलिया भट्टले भनिन्, ‘कुनै प्रमाण, पुष्टि र समर्थन बिना नै आफूमाथि केही गम्भीर दाबी गरिँदै आएको छ । सबैभन्दा नराम्रो कुरा के हो भने युवा, संवेदनशील दिमागलाई प्रभावित गरिएको छ, जसले वास्तवमा यस्ता दाबिलाई विश्वास गर्न सक्छ । किन यसो भनिदै छ ? ध्यानआकर्षित गर्न ?'
साथै आलियाले महिलाको अनुहार, शरीर र व्यक्तिगत जीवनलाई इन्टरनेटमा एक बस्तु जस्तो गरि हेरिने गरेको आरोप लगाएकी छन् । उनले हरेकले आफ्नो व्यक्तित्वप्रति गर्व गर्नुपर्ने बताउदै यसलाई चिरफार गरेर हेर्न आवश्यक नभएको बताएकी छन् ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया