शुक्रबार २३ साउन, २०८२
Friday, August 08, 2025

विश्व जलवायु सम्मेलनमा हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइने - प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व जलवायु सम्मेलन (कोप–२९) मा हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्त रुपमा उठाइने बताएका छन् । 

वन तथा वातावरण मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप सम्मेलनमा अझ प्रभावकारी रूपमा सशक्त रुपमा उठाउन तयारी भएको बताए । 

प्रधानमन्त्री ओलीले विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरू जोगाउनु र  नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताए । 

मानवीय कमी कमजोरीका कारणले अथवा विकास, वातावरणको इको सिस्टमलाई नोक्सान नपारिकन गर्नुपर्ने विकास वातावरणतिर ध्यान नदिँदा विश्वभर नै जलवायु परिवर्तनको असर परिरहेको उनले बताए । प्रधानमन्त्री ओलीको हालै बाढीपहिरो जलवायु परिवर्तनको असर हो वा अन्य कारण हो भन्नेमा अध्ययन गर्नुपर्ने धारणा राखे । 

आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको वन मन्त्रालयले जनाएको छ । 


 

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवा…

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन

अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन

अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गर्नुपर्छः मन्त्री गुरुङ्ग

अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गर्नुपर्छः मन्त्री गुरु…

यस्ता छन् मन्त्रिपरिषद्का निणर्यहरू

यस्ता छन् मन्त्रिपरिषद्का निणर्यहरू

उच्चस्तरीय विषयगत राउण्ड टेबलमा प्रधानमन्त्रीको सम्बोधन

उच्चस्तरीय विषयगत राउण्ड टेबलमा प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता

कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने

कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने