दैलेखमा संक्रमण घट्यो, कोभिडमुक्त हुनेको संख्या बढ्दै

दैलेख : दैलेखमा कोभिड संक्रमितको संख्या घट्दै गएको छ । कुल संक्रमित मध्ये तीन हजार २ सय १० जना बिरामी निको भएका छन् । बुधवारसम्म ३ हजार ३ सय ३१ जनामा संक्रमण थियो । संक्रमितमध्ये ३ हजार २ सय १० जना निको भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।
पहिलो लहरमा एक हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो । दोस्रो लहरमा सुरू भएपछि एक हजार ८ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९४ जना रहेका छन । ती मध्ये ७ जना दैलेख अस्पतालको आइसोलेशन वार्डमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणका कारण २७ जनाले ज्यान गुमाएका छन । पहिलो लहरमा ६ जनाले ज्यान गुमाएका थिए । भने दोस्रो लहरको कोरोनाबाट २१ जनाले ज्यान गुमाएका छन ।
संक्रमण घटेको देखिएपनि जोखिम कायर्म रहेकाले दैलेख प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया