रियल म्याड्रिडको पोस्टमा बार्सिलोनाको चार गोल

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ ।
गएराती भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको घरेलु मैदानमा भएको यो खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोनाले शानदार प्रदर्शन गरेको थियो ।
बार्सिलोनाले दोस्रो हाफमा ४ गोल गर्दै रियल म्याड्रिडलाई दबाबमा राखेको थियो । जितको क्रममा बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने लामिन यमल र राफिन्हाले एक एक गोल गरेका थिए ।
यो जितपछि ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडमाथि ६ अंकको स्पष्ट अग्रता हासिल गरेको छ । बार्सिलोनाको ११ खेलमा ३० अंक भएको छ भने रियल म्याड्रिडको ११ खेलमा २४ अंक रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया