सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

दोलखा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ- दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति करिब साढे ११ बजे दोलखाको लामिडाँडा आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन् ।