रेफ्रीले नेपालको गोल दिन अस्वीकार गरेपछि तनाव, खेल अवरुद्ध

काठमाडौँ - नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनाव भएको छ ।
खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेपछि नेपाली खेलाडीहरूले विरोध गरिरहेका छन् । खेलमा भारतले खेलको ७०औं मिनेटमा गोल गरेर १-० को अग्रता लिएको थियो । त्यसपछि खेल शुरु भएपछि नेपालले लगतै गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि नेपालले विरोध गरेको छ । अहिले खेल अवरुद्ध भएको छ र रेफ्रीहरू छलफलमा रहेका छन् ।
रेफ्रीले खेल फेरी शुरु गर्न खोजेपछि नेपालले गोलको मान्यता नदिएको भन्दै विरोध गरिरहेको छ ।
यसअघि पहिलो हाफमा पनि रेफ्रीले नेपालले पेनाल्टी क्षेत्रमा भएको ह्याण्ड बल दिन अस्वीकार गरेकी थिइन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया