सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीश र राजदूत लम्सालको सुनुवाइ कात्तिक १४ मा हुने

काठमाडौं : बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ यही कात्तिक १४ गते हुने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आउँदो बुधबार एकैदिन गर्ने निर्णय गरेको हो ।
बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन् । सर्वोच्चमा सिफारिस निरौला उच्च अदालत पाटन र पाण्डे तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश हुन् ।
समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी

आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने

माओवादीले देशलाई संविधान र कानुनविहिन बनाउन लागेको होः भट्टराई

प्रतिक्रिया