दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना, खानतलासी जारी

काठमाडौँ - काठमाडौँबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले दिल्ली उड्न लागेको जहाजमा बम राखिएको सूचना आएको जानकारी दिए।
उनका अनुसार यसबारे बुझ्ने काम भइरहेको छ।
आज अपराह्न ३: १२ बजे एयर इन्डिया २१५ जहाज अवतरण गरेको थियो। उक्त जहाज अवतरण भइसकेपछि १६९ मध्ये ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको उनले बताए ।
नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गरिरहेका छन्। उक्त जहाज आज अपरान्ह ३:५० बजे उड्ने तयारी थियो ।
यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो।
तर उक्त जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया