शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

सरकारले बनायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा रिजाल

काठमाडौँ - सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो ।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको जानकारी दिँदै बाँकी सदस्यको नाम २४ घण्टापछि सार्वजनिक गरिने बताएका छन् ।