किरण राणालाई प्रहरी अतिरिक्त महनिरीक्षक पदमा बढुवा

काठमाडौँ - सरकारले नेपाल प्रहरीको जनपथ समूह तर्फ प्रहरी नायव महानिरीक्षक किरण राणालाई प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरि प्रदेश समन्वय विभागको प्रमुख पदमा पदस्थापना गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको प्राविधिक स्वास्थ्यतर्फ प्राविधिक प्रहरी नायव महानिरीक्षक सुन्दरप्रसाद हैजुलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरि नेपाल प्रहरी अस्पतालमा पदस्थापन गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता गुरुङले बताए ।
प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएकी राणा बिहीबारदेखि अनिवार्य अवकाशमा जाने भएकाले बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेर एक दिन कार्यभार सम्हाल्नेछिन्।

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

प्रतिक्रिया