स्कटल्याण्डमाथि नेपालको ५ विकेटको जित

काठमाडौँ- नेपालले स्कटल्याण्डमाथि जित हासिल गरेको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डमाथि ५ विकेटको जित हासिल गरेको हो ।
स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा आरिफ सेखले अर्धशतकीय पारी खेलेका थिए भने गुलशन झाले २५ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २५, आसिफ सेखले २१ र अनिल शाहले १३ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ४१.४ ओभरमा अल आउट हुदै १५४ रन बनाएको थियो । स्कटल्याण्डका लागि मार्क वाटले सर्बाधिक ३४ रन बनाएका थिए । त्यस्तै नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने करण केसी, सोमपाल कामी र गुलशन झाले २-२ विकेट लिए भने आरिफ सेखले एक विकेट लिएका थिए ।
खेलमा अर्धशतकीय पारी खेलेका आरिफ सेख खेलको प्लेयर अफ द म्याच बनेका थिए ।
लिग-२ मा नेपालले ७ हारपछि दोस्रो जित हासिल गरेको छ । योजितपछि नेपालको १० खेलमा ५ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको ९ खेलमा ११ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
अब सिरिजमा नेपालले आगामी शनिबार अमेरिकासँग खेल्ने तालिका छ भने सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया