गर्भवतीलाई कुखुरा र अण्डा, सुत्केरीलाई न्यानो कपडा
सुर्खेत : गर्भवती महिलाको पोषणमा सुधार गर्नको लागि गुराँस गाउँपालिकाले गर्भवती महिलालाई कुखुरा र अण्डा प्रदान गर्ने गरेको छ । गाउँपालिकामा भएका गर्भवती तथा सुत्केरी महिलालाई घरमै गएर कुखरा र अण्डा प्रदान गर्दै आएको छ । गर्भवती महिलासँग उपाध्यक्ष कार्यक्रम अन्र्तगत कुखुरा प्रदान गरिदै आएको गाउँपालिकाले जनाएको छ ।
गर्भवती भएदेखि हजार दिनसम्मका सुत्केरी महिलाको पोषण तथा स्याहारमा सुधार होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष दिपा विसीले बताइन् । ‘गर्भवती तथा सुत्केरी अवस्था भनेको संवेदनशिल अवस्था हो त्यसैले यो अवस्थामा विशेष ध्यान दिनुपर्छ भनेर हामी अभियानमा लागेका छौ’ उपाध्यक्ष विसीले भनिन्, ‘गर्भवती भएदेखि हजार दिनसम्मको अवस्थामा विशेष ख्याल राख्नुपर्ने भएकाले पनि यो अवस्थासम्मलाई विभिन्न कार्यक्रम ल्याएका छौ ।’
गर्भवती तथा सुत्केरी अवस्थाका महिलालाई भेटघाट गर्नुका साथै उनीहरुको स्वास्थ्यमा विशेष ख्याल राख्नको लागि घरपरिवारका सदस्यहरुलाई समेत सचेतना गराइदै आएको विसीले बताइन् । ‘गर्भवती महिलासँग उपाध्यक्ष कार्यक्रम अन्र्तगत हामीले सुरुवातमा आठ वटा कुखुरा गर्भवती महिलालाई दिन्छौ’ उनले भनिन्, ‘त्यो मध्ये उहाँहरुले केही गर्भवती र केही सुत्केरी अवस्थामा पनि खाने गर्नुभएको छ’ त्यसैगरी सुत्केरी अवस्थामा अण्डा समेत प्रदान गरेको उनले जानकारी दिइन् ।
गाउँपालिकाले प्रसुती अवस्थाका महिला र बच्चालाई न्यानो कपडा पनि प्रदान गर्दै आएको छ । ‘सुत्केरी भएका महिलालाई पेटीकोट साडी र चोलो दिन्छौ भने बच्चालाई न्यानो कपडा समेत प्रदान गर्छाै ।’
गाउँपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई कुखुरा अण्डा वितरणपछि गाउँमा गर्भवती र सुत्केरी अवस्थाका महिलालाई पोषिलो खाना खुवाउनुपर्छ भन्ने भावनाको विकास भएको छ । यति मात्र होइन यो अवस्थामा उनीहरुलाई आराम गर्न दिने र घरको काममा परिवारका अन्य सदस्यहरुले सहयोग गर्ने बानिको विकास भएको उपाध्यक्ष विसीको भनाई छ ।
त्यसैगरि गर्भवती अवस्थामा चार पटक परिक्षण गर्ने र प्रसुती हुन स्वास्थ्य संस्थामा नै जाने गरेको महिला स्वास्थ्य स्वयंसेवीकाको भनाई छ । उनीहरुका अनुसार पछिल्लो समय गाउँपालिकाका सबै महिला प्रसुती हुन स्वास्थ्य संस्थामा नै जाने गरेका छन् । हजार दिनका आमाको लागि विशेष हेरचाहको कार्यक्रम सञ्चालन गरेयता गाउँपालिकामा मातृमृत्युदरमा समेत कमी आएको छ ।

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_LkAKgc76u2_b33rlmctzgzmg4dxe3cqxlevcoognplhyalk7to6glshwuh4uzg1mempvtx8.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_BSDay1weVu_zjy6w5bspal3lwmnfqq84tvtqlssp9tcwjfx4tzuitljgkvpbwopfpv41gvq.jpg)
महाकालीमा पानीको प्रवाह घट्यो

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आ…

प्रतिक्रिया