तापसी भन्छिन् : करिनाले १२ करोड किन नपाउने ?

मुम्बई : करिना कपुरले ‘रामायण’मा सीता बन्नका लागि १२ करोड मागेको कुराले बलिउड तरंगित भएको छ । रनवीर कपुर, साहिद कपुर मार्काका हिरोले ६÷७ करोड लिइरहेका बेला करिनाले यति विधि पैसा मागेपछि हल्ला हुनु स्वभाविक नै हो । करिनाले मागेको यो पैसालाई कसैले स्वभाविक मानेका छन् त कसैले अस्वाभाविक ।
तर, तापसी पन्नूले भने करिनाले मागेको यो रकम स्वभाविक भएको बताएकी छिन् । उनले हिरोले धेरै पैसा माग्यो भने चैं सफलताको रुपमा व्याख्या गर्ने तर हिरोइनले मागे भने चैं भाउ खोजेको रूपमा बुझ्ने गरेको बताइन् ।
‘के हिरोले चैं निःशुल्क काम गर्ने हो र ? करिनाले पनि हिरोले चैं पैसा माग्न पाउँछिन् किनकि करिना पनि सुपरस्टार हो,’ उनले भनेकी छिन् । दंगल निर्देशक नितेश तिवारीले निर्देशन गर्न लागेको ‘रामायण’मा ऋतिक रोशन र प्रभासले अभिनय गर्ने कुरा छ ।
फिल्ममा ऋतिक रावण बन्ने हल्ला छ भने प्रभास राम । निर्माताले सीताको भूमिकामा लागि भने हिरोइनको खोजी गरिरहेका छन् । करिनाले १२ करोड मागेपछि निर्माता नयाँ सीताको खोजीमा लागेको चर्चा थियो । करिनाबाहेक दीपिका पादुकोनलाई निर्माताले लिन चाहेको समाचार आएका थिए ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया