'सिंघम अगेन' र 'भूल भुलैया-३' साउदी अरबमा प्रतिबन्ध !

काठमाडौँ- बलिउडका चर्चित निर्देशक रोहित शेट्टीद्वारा निर्देशित र अजय देवगन अभिनित ‘सिंघम अगेन’ अनिस बज्मी निर्देशित र कार्तिक आर्यन स्टारर ‘भूल भुलैया ३’ लाई ठुलो झट्का लागेको छ ।
शुक्रबारदेखि विश्वभर रिलिज हुने दुवै फिल्मको रिलिजमा साउदी अरेबियामा प्रतिबन्ध लगाइएको छ ।
साउदी अरबमा‘सिंघम अगेन’ र ‘भुल भुलैया’लाई प्रतिबन्ध लगाइएपछि ठुलो झट्का लागेको छ ।
योसँगै भारतीय फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ र शिवकार्तिकेयनको फिल्म ‘अमरन’ साउदी अरबमा अब रिलिज नहुने भएका छन् ।
साउदी बाहेक खाडीका अन्य देशमा भने रिलिज हुने बताइएको छ । साउदी अरब भारतीय चलचित्रलाई लिएर निकै कडा छ । खाडी अधिकारीहरूले राष्ट्रवादी तत्वहरू, धार्मिक वा यौन सामग्री भएका भारतीय चलचित्रहरू थिएटरहरूमा प्रदर्शन गर्न अनुमति दिँदैनन् । तर, खाडी मुलुकमा भारतीय फिल्ममाथि प्रतिबन्ध लगाइएको यो पहिलो पटक भने होइन ।
अजय देवगनको ‘सिंघम अगेन’ र कार्तिक आर्यनको ‘भूल भुलैया ३’ विभिन्न कारणले साउदी अरबमा प्रतिबन्धित भएका छन् ।
सिंघम अगेन धार्मिक द्वन्द्वका कारण त्यहाँ रिलिज नहुने बताइएको छ भने भूल भूलैया-२ समलिङ्गी विषय भएका कारण प्रतिबन्धमा परेको छ । रिपोर्टका अनुसार, रोहित शेट्टीको सिंघम अगेनको रिलिज एक अरब देशमा धार्मिक द्वन्द्वको चित्रणका कारण रोकिएको छ ।
रिपोर्टमा अनीस बज्मीको फिल्ममा कार्तिक आर्यनको चरित्रमा समलैंगिकताको सन्दर्भ समावेश भएको पनि उल्लेख छ, जसका कारण साउदी सरकारले प्रतिबन्ध लगाएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि दीपावलीमा भारतमा धेरै फिल्म रिलिज हुँदैछन् । नोभेम्बर १ मा कार्तिक आर्यनको ‘भूल भुलैया ३’ अजय देवगन-रोहित शेट्टीको सिंघम अगेनसँग भिड्दैछ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया