जसपा नेपालका तीन वटा जिल्ला समिति पुनर्गठन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन वटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरूमा कोशी प्रदेशको झापा जिल्ला र गण्डकी प्रदेशअन्तर्गतका तनहुँ र नवलपुर जिल्ला समिति रहेका छन् ।
दमकको थ्री इन होटलमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा झापा जिल्ला समिति पुनर्गठन भएको छ । त्यसैगरी जसपा नेपालको तनहुँ जिल्ला देउबहादुर थापा मगरको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन भएको छ । त्यस्तै ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय नवलपुर जिल्ला समिति पुनर्गठन भएको छ ।
जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियानअन्तर्गत जसपा नेपालले संगठन गठन, पुनर्गठन, अनुगमन तथा विस्तारित बैठकको आयोजना गरिरहेको छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया