'सरकार बनाउने अवसर गुमाउने अनि गीत गाउने ?'
काठमाडौँ : पूर्वमहान्यायाधिवक्ता अग्नी खरेलले विश्वासको मत प्राप्त नहुने देखिएपछि केपी ओलीले प्रधानमन्त्रीमा पुन: दाबी गरेको तर्क गरेका छन् । बिहीबार प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका क्रममा संवैधानिक इजलासमा संविधानले पुन: दाबी गर्न नरोकेको दाबी गरे । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई ७६ (२) को सरकार किन नबनाएको भन्दै प्रश्नसमेत गरेका छन् । 'सरकार बनाउने अवसर गुमाउने अनि गीत गाउने ?' उनले प्रश्न गरेका छन् ।
'प्रधानमन्त्रीको नियुक्तिमा प्रश्नहरू उठेका हुनाले धारा ७६ को बारेमा प्रष्ट पार्न चाहन्छु,' उनले भने, '७६ उपधारा १ मा स्पष्ट व्यवस्था छ । शेरबहादुर देउवाले ७६ (२) को सरकार किन बनाउनुभएन ? सरकार बनाउने अवसर गुमाउने अनि गीत गाउने ? ७६(१) को प्रधानमन्त्रीमा ओली, (२) मा नि ओली, (३) मा पनि ओली ।
विश्वासको मत नलिइकन प्रधानमन्त्री ७६(५) मा जानमिल्दैन ? विश्वासको मत प्राप्त नहुने देखिसकेको थियो । ७६(५) बमोजिम राष्ट्रपति समक्ष पेश गर्नुभयो । संविधानले यो व्यवस्थालाई रोकेको छैन । प्रक्रिया पूरा गरेको छ । महन्थ ठाकुर र राजेन्द्र महतोले समर्थन देखाउनु भयो त्यसपछि दाबी पेश गर्नुभयो ।'

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया