अष्ट्रेलियालाई हराउँदै नेपाल क्वाटरफाइनलमा, सन्दीप जोराको अर्धशतक

काठमाडौँ- नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा शनिबार नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ११२ रनको लक्ष्य अष्ट्रेलियाले भेट्याउन सकेन । अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनायो । नेपाललले २ विकेट गुमाएर १११ रन बनाएको थियो ।
नेपालका लिग कप्तान सन्दीप जोराले अर्धशतक बनाए । जोराले ५१ रनको योगदान गरे । जोराले शुक्रबार इङ्ल्याण्डविरूद्ध पनि अर्धशतक बनाएका थिए ।
त्यस्तै लोकेश बमले ३३ रन जोडे । विवेक यादव र राशिद खानले १२/१२ रन बनाए ।
नेपाल समूह विजेता हुँदै क्वाटरफाइनल पुगेको छ ।

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

प्रतिक्रिया