अदालतले पत्याएन ब्रिट्नीको गुहार

लसएन्जल्स : आफ्नो बुबालाई संरक्षणकर्ताको रूपमा हटाउन माग गर्दै ब्रिट्नी स्पेयर्सले गरेको आग्रह लसएन्जल्स उच्च अदालतले खारेज गरेको छ । ब्रिट्नीका वकिलले उनका बुबा जेमी स्पेयर्सलाई संरक्षणकर्ताको रुपमा हटाउन माग गरेका थिए । जेमी सन् २००८ देखि ब्रिट्नीको संरक्षणकर्ताको रुपमा रहँदै आएका छन् ।
अघिल्लो हप्ता मात्र ब्रिट्नीले आफू लामो समयदेखि ठीक भएको अभिनय गर्दै आइरहेको भए पनि ठीक नभएको बताएकी थिइन् । अदालतमा बयान दिने क्रममा उनले आफूलाई विवाह गरेर बच्चा जन्माउने चाहना भएको भए पनि संरक्षकले नदिएको र आफूलाई गर्भ निरोधक चक्की राख्न लगाएको आरोप लगाएकी थिइन् ।
उनले पिता जेमीले पनि आफू रोइरहेको हेर्दा आनन्द लाग्ने गरेको घटना वर्णन गरेकी थिइन् । जवाफमा जेमी स्पयर्सले आफूले छोरीलाई असाध्यै माया गर्ने र उनको भविष्यका लागि चिन्तित रहेको बताएका थिए । त्योबाहेक उनले ब्रिट्नीले लगाएका आरोपहरूको छानबिन गर्न पनि अदालतसमक्ष आग्रह गरेका थिए ।
उनले विगत दुई वर्षयता ब्रिट्नीको औषधि तथा व्यक्तिगत कुरा नहेरेको पनि जानकारी गराएका थिए । अनौठौ व्यवहार देखाउन थालेपछि ब्रिट्नीले १३ वर्षदेखि संरक्षणकर्ताको संरक्षणमा रहेकी छिन् । यो व्यवस्थाअनुसार उनले आफूले कमाएको सम्पत्ति र व्यक्तिगत जीवन पनि संरक्षणकर्ताको तजबिजमा चल्छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया