प्रधानन्यायाधीश राणाको खरेललाई प्रश्न, ‘संविधानको धारा ७६ (२) र (५) का बीचको फरक के हो ?’
खरेलको प्रतिप्रश्न : माओवादीको हकमा दलको निर्णय चाहिने, एमालेकोमा नचाहिने हुन्छ ?

काठमाडौँ : प्रतिनिध सभा विघटनसम्बन्धी रिटको सुनुवाइका क्रममा बिहीबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र पूर्व महान्यायाधिवक्ता अग्नि खरेलबीच सवाल जवाफ भएको छ । सुरुमा प्रधानन्यायाधीश जबराले '७६(५) मा दलको उपस्थिति आवश्यक छैन भन्ने तपाईंहरूकै साथीहरूले भनिरहनुभएको छ । ७६(५) र (२) बारे प्रष्ट पार्दिनुहोला' भनेर आग्रह गरेका थिए ।
जसको जवाफ पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले यसरी फर्काए 'उपधारा (५) भित्र दलबाहेकको समर्थन प्राप्त हुनसक्छ । शेरबहादुर देउवाले दलको निर्णय गरेर जानुभाथ्यो । समर्थन चाहिदैनथ्यो भने माओवादी केन्द्रले समर्थन प्रदान गर्ने निर्णय गरेको छ । दलको निर्णय किन गर्न लगाएको ? दलको समर्थन त चाहिदो रैछ।'
फेरि जबराले प्रश्न गरे. '(२) को प्रावधानअनुसार एमालेका केही सांसदले त्यसरी जाने पाउनुभएन । (५) को हकमा त ती सांसदले समर्थन गरेको देखियो । ७६(२) र (५) को भिन्नता के छ ?
खरेल : माओवादीको हकमा दलको निर्णय चाहिने, एमालेको हकमा नचाहिने हुन्छ त ? राजनीतिक दलसम्बन्धी ऐनमा ह्विप लाग्ने व्यवस्था किन बन्यो ?
प्रधानन्यायाधीश : (५) मा कतै नभएको व्यवस्था भनेर दुवै पक्षको बहसमा सुनियो । (२) सँग जोडेर पृथक राख्न सकिन्छ र ?
खरेल : उपधारा (२) बमोजिम दलहरूले नै सरकार बनाउने हो । (५) को व्यवस्था निर्वाचनमा नजाओस् भनेर राखिएको हो । सहमतिमा सरकार बनोस् भनेर राखिएको व्यवस्था हो । तर, दलको निर्णय र निर्देशनबाहिर गएर बनाउने होइन । एउटा दलको नेता हुने, दलको निर्णय विपरीत अर्को नेतालाई प्रधानमन्त्री बनाउने संसदीय व्यवस्था हो ? (५) मा दलको नेताको हैसियतमा आउने हैन । प्रतिनिधि सभा सदस्यको रुपमा आउने हो । फरक यत्ती हो । बाकि दलको निर्देशनमा जानका लागि होइन ।
प्रधानन्यायाधीश : राष्ट्रपतिले (५) बमोजिम निर्णय गर्नुभयो । दाबी गर्नेलाई भोलि भोट हाल्नुहुन्छ कि हुन्न भनेर सोध्नुपर्थ्यो कि सहिछाप लगाउनुपर्थ्यो । उहाँको दायित्वभित्र पर्छ कि पर्दैन ? अर्को प्रश्न, उजुरी परेको छ । उजुरी सम्बन्धि व्यवस्था संविधानमा छ ?
खरेल : कल्पना नगरिएको विषयमा काम गर्न मिल्ने, उजुरी गर्न किन नमिल्ने, यो संविधानमा लेखिरहनुपरेन । राष्ट्रपतिले गरेको निर्णयमा राष्ट्रपति कार्यालय जवाफदेही हुँदैन । राष्ट्रपतिले गरेको निर्णयमा परमादेश जारी हुनसक्दैन । कहिलेकाही फुटबलको रेफ्रीलाई मैदानमा ठूलो जिम्मेवारी आइपर्छ । निर्णयमाथी प्रश्न उठ्ने गर्छ । तर, निर्णय मान्नुपर्छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया