३४० किलो गाँजासहित ट्रक नियन्त्रणमा
इनरुवा(सुनसरी)- जिल्लाको कोसी गाउँपालिका–७ हरिपुरबाट शनिबार तीन सय ४० किलोग्राम (किलो) गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ ।
गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएकोे टोलीले जाँच गर्दा गाँजा सो परिमाण गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४१४ नं को ट्रकबाट गाँजा लिैजाँदै गरिएको अवस्थामा प्रहरीले रोक्न खोज्दा चालक ट्रक छोडेर भागेका थिए । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

प्रतिक्रिया