कांग्रेस पदाधिकारी बैठक शुक्रबार सर्यो

काठमाडौं : नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक शुक्रबारका लागि सरेको छ । नेताहरूले प्रयाप्त तयारी नपुगेको बताएपछि सभापति शेरबहादुर देरउवाले पदाधिकारी बैठक शुक्रबारका लागि सारेका हुन् । देउवाको सचिवालयका अनुसार समय अझै निश्चत भएको छैन ।
क्रियाशील सदस्यता छानबिनमा देखिएको विवादबारे मापदण्ड बनाउने र समितिले मागेको पेश्कीका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको थियो । इकागजले पेश्की मागेको पत्रसहितको समाचार प्रकाशित गरेपछि त्यसबारेमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले सभापति देउवासँग जिज्ञासा राखेका थिए । बुधबार बसेको पौडेल समूहको बैठकमा पनि पेश्कीबारे कुरा उठेको थियो ।
बैठकले क्रियाशील सदस्यता छानबिनबारे मापदण्ड पारित गर्ने कार्यतालिका थियो । त्यसविषयमा नेताहरूले तयारी नपुगेको बताएपछि बैठक स्थगित भएको हो ।
कांग्रेसले क्रियाशील सदस्यता छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा एक समिति गठन गरेको थियो । देशभरबाट आठ लाख बढी क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएकोमा पाँच हजार भन्दा बढि उजुरी परेका छन् । तर मापदण्ड बनाउन नसक्दा समितिले अधिकांश उजुरीमाथि छानबिन गर्न सकेको छैन ।
समितिले पदाधिकारी बैठकबाट क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन भन्दै यसअघि नै ड्राफ्ट बुझाइसकेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया