उपनिर्वाचन : रौतहट एमालेले छान्यो तीन उम्मेद्वार

रौतहट- रौतहटमा अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन गरेको छ ।
उपनिर्वाचनमा रौतहटको छुट्टाछुट्टै पालिकामा तीनवटा वडाहरूमा निर्वाचन हुँदैछ । राजपुर नगरपालिका वडा ६, इशनाथ नगरपालिका वडा ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा उपनिर्वाचन हुँदैछ ।
नेकपा एमालेको जिल्ला सचिवालय बैठकले राजपुर नगरपालिका ६ को वडा अध्यक्षमा नासिम अख्तर, इसनाथ नगरपालिका ७ को वडा अध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका ८ मा जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा पार्टी जिल्ला सचिव बाबुराम दाहालले बताएका छन् ।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

बारामा ४३ लाख राजश्व छलीको सामानसहित ट्रक बरामद

लागू औषधसहित स्याङजाका मगर गौरमा पक्राउ

प्रतिक्रिया