दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुंग्यायो

काठमाडौँ - स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याएको छ ।
कांग्रेसले जिल्ला कार्यसमितिले उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको हो ।
जिल्ला कार्यसमितिले उनका नाम सर्वसम्मत रुपमा अनुमोदन गरेर केन्द्रमा पठाएको हो । तत्कालीन गाउँपालिका उपाध्यक्ष रहेका श्यामसुन्दर तामाङको २०८० साल असारमा निधन भएको थियो । सोही कारण त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो ।
उपनिर्वाचनमा टिकट पाएकी शेर्पा स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुन् ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया