छठ पर्वका सात सय वर्तालु महिलाहरूलाई वडा अध्यक्षको सारी उपहार !

महोत्तरी - छठको अवसर पारेर महोत्तरीका एक जना वडा अध्यक्षले ७ सय जना महिलाहरूलाई सारी वितरण गरेका छन् । दोस्रो दिन खरनामाको अवसरमा बर्दिवास-९ का वडा अध्यक्ष घुरन महतोले गृहणी महिलाहरूलाई सारी वितरण गरेका हुन् ।
महिलाहरुको मुख्य पर्वकोरुपमा चिनिने छठमा नयाँ र सफा कपडा लगाउनु पर्ने हुँदा सबै जनाले खरिद गरेर लगाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै झन्डै ४ लाख बराबरको सारी वितरण गरिएको अध्यक्ष महतोले जानकारी दिए ।
बुधबार एक कार्यक्रमकाबीच वितरण गरिएको नयाँ कपडा (सारी) पाएपछि गृहिणी महिलाहरूले खुसी व्यक्त गरेका छन् ।
`जनप्रतिनिधिहरूले जनताका आधारभूत समस्या पहिचान गरेर चाडपर्वको मर्कालाई पनि सम्बोधन गर्दा निक्कै खुसी छौ ´ स्थानीय विनादेवी महतोले भनिन्, `जनताका समस्या बुझेर खुसी ल्याउने यस्तै जनप्रतिनिधि हामीलाई चाहिएको हो ।´

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया