अछाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढी : अछाममा एकजना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सेवन गरी महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका–८ का वडाध्यक्ष ताराप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधवार राति पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजारस्थित एक होटेलमा खनालले मदिरा सेवन गरेर होटेलका सञ्चालकमाथि हातपात र महिलामाथि अभद्र व्यवहार गरेको बताइएको छ। सोही आरोपका आधारमा उनलाई बुधबार राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराले बताए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए । खनाल नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए।

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

प्रतिक्रिया