पिएसजीमाथि एटलेटिको म्याड्रिड विजयी

काठमाडौँ- एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीलाई पराजित गरेको छ ।
गएराती भएको खेलमा एटलेटिको म्याड्रिडले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिकोको जितमा नाहूएल मोलिना र एंगल कोरियाले एक एक गोल गरेका थिए । कोरियाले ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै जिताएका थिए । यसअघि पिएसजीका लागि वारेन जैरे एमेरीले एक गोल गरेका थिए ।
यो एटलेटिको म्याड्रिडको यस सिजनमा दोस्रो जित हो । यो जितपछि ४ खेलमा ६ अंक हासिल गर्दै एटलेटिको म्याड्रिड २३औं स्थानमा छ । त्यस्तै पिएसजीले भने यस सिजनमा दोस्रो हार बेहोरेको छ । ४ खेलमा ४ अंक हासिल गरेको पिएसजी २५औं स्थानमा छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया