छठमा मूल्य वृद्धिको मारमा भक्तजन

सिरहा- यहाँका बजारमा छठ पूजाका सामग्रीको मूल्यमा उच्च वृद्धि भएको छ । यस वर्ष उखु प्रति लाँक्रा रु २०, नरिवल प्रतिगोटा रु ६०, भोगटे रु २०, केरा प्रतिघरी रु एक हजारसम्म बिक्री भइरहेको छ । छठको विशेष सामग्री माटोको हात्तीको मूल्य रु दुई सय तोकिएको छ । गत वर्षको तुलनामा उक्त सामग्रीको मूल्य दोब्बरले वृद्धि भएको भक्तजनको गुनासो छ ।
केरा व्यापारी श्रीप्रसाद गुप्ताका अनुसार पहाडी जिल्ला र कोशी प्रदेशको मोरङ, धनकुटा, सुनसरीबाट ल्याइने केरा यसवर्ष महँगोमा खरिद गर्नुपरेको छ ।
त्यसैगरी बजारमा ढकिया, नाङ्लो, र कोनियाको मूल्य पनि बढेको छ । ढकिया प्रतिगोटा रु चार सय, नाङ्लो रु तीन सय ५० र कोनिया रु एक सय ५० पुगेको छ ।
जिल्ला सदरमुकाम सिरहासहित मुख्य बजार लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, कर्जन्हा तथा नेपाल भारत सिमाना नजिकका हुलाकी बजारहरूमा छठमा प्रयोग हुने केराको घरी तथा अन्य प्रसाद सामग्रीको किनमेल गर्ने गर्छन् ।

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

५३ लाख बढीमा बागवानीको आँप ठेक्कामा

प्रतिक्रिया