चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई औषधि प्रदान

मुग्लिन (चितवन)- इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको सामुदायिक स्वास्थ्य एकाइलाई सपना भिलेज सोसल इम्प्याक्टले रु एक लाख २४ हजार बराबरका ३१ प्रकारका औषधि प्रदान गरेको छ ।
ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ स्वास्थ्य एकाइका प्रमुख सूर्यबहादुर चेपाङलाई बुधबार एकाइमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरे । इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार ३१ प्रकारको औषधि प्रदान गरिएको अध्यक्ष गिरीले बताए ।
उक्त संस्थाले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायको जीवनस्तर उकास्न आयआर्जनका लागि पशुपालन, सागसब्जीखेती, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । यसअघि गाउँपालिकासँगको सहकार्यमा उक्त संस्थाले सात सय घरलाई सुधारिएको चुल्हो वितरण गरेको थियो ।

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक अर्याल

बुधबारदेखि कान्तिलोकपथ चार दिन बन्द हुने

सशस्त्र प्रहरीले गर्यो नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

प्रतिक्रिया