सुशान्तको फिल्मका एडी साराका नयाँ प्रेमी

मुम्बई : सुशान्त सिंह राजपुतलाई ड्रग्स खुवाउन सिकाएको आरोप सारा अलि खानमाथि छ । रिया चक्रवर्तीले केही दिनअघि दिएको बयानमा पनि सारामाथि यस्तो आरोप लगाएकी छिन् । यो त्यतिबेला भएको थियो जब सारा र सुशान्तसँगै ‘केदारनाथ’मा काम गरिरहेका थिए ।
त्यति मात्र होइन दुवै अफेयरमा पनि थिए । सुशान्तको मृत्युपछि सारा र सुशान्तसँगै थाइल्यान्ड बिदा मनाउन गएको पनि रहस्य बाहिरिएको थियो । यसरी सुशान्तसँग रोमान्स गरेकी सारा पछिल्लो दिनमा भने ‘केदारनाथ’ फिल्मकै मुख्य सहायक निर्देशक जेहान हाँडासँग अफेयरमा रहेको कोइमोईले समाचार छापेको छ ।
केही समययता सारारले जेहानसँगको तस्बिर इन्स्टामा राख्ने गरेकी छिन् । केही फोटोमा त उनले स्पष्ट रुपमा जेहानसँग प्रेममा रहेको संकेत दिएकी छिन् । त्योबाहेक फोटोमा राखिएका क्याप्सनमा पनि साराले प्रेमको संकेत दिएकी छिन् । त्योबाहेक जेहानले एउटा भिडियो पनि पोस्ट गरेका छन् जहाँ सारा र जेहान खेल खेलिरहेका छन् ।
सुशान्तसँगको ब्रेकअप पछि सारा कार्तिक आर्यनसँग नजिक भएको हल्ला थियो । ‘लव आजकल २’मा काम गरेका सारा र कार्तिक फिल्म असफल भएपछि आआफ्नो बाटो लागेका थिए । कार्तिकबाट अलग्गिएकी सारा पहिलो फिल्मका एडीसँग नजिक भएकी हुन् ।सारा अहिले अक्षयकुमारसँग ‘अतरंगी रे’ सुटिङ गरिरहेकी छिन् भने चाँडै नै विक्की कौशलसँग ‘इमोर्टल अफ अश्वस्थामा’मा काम गर्दैछिन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया