दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

दाङ- दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए । अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे ।
उनी भन्छन्, “आपनै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिनुभएको छ । खुसी लागेको छ । अब सञ्चो हुने आशा पलाएको छ । घर नजिकै अस्पताल छैन । विशेषज्ञसहितका डाक्टर गाउँमा आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि यहाँ आएको हुँ । राम्रोसँग सेवा लिन पाए ।”
त्यस्तै, दङ्गीशरण गाउँपालिका–७ की ६५ वर्षीया माइली थरुनी पनि उक्त शिविरमा उपचारका लागि आइन् । मिर्गौलाको समस्याबाट समेत पीडित उनी स्वास्थ्य शिविरमा सहभागी भए । गाउँमै निःशुल्क स्वास्थ शिविरबाट चिकित्सकले चेकजाँच, उचित सल्लाहसुझाव र औषधि पाउँदा खुसीको अनुभूति भएको उनले सुनाए ।
त्यस्तै, स्थानीय शोभा नेपालीले शिविरमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा धेरै राहतको अनुभूति भएको बताए । विपन्न परिवारका नागरिलाई लक्षित गरी नेपाली सेना र शान्तिनगर गाउँपालिकाले घरआँगनमा नै स्वास्थ्य शिविर सञ्चालन गरेको हो । नेपाली तल्लो पेट तथा ढाड दुख्ने समस्याबाट पीडित छन् ।
आर्थिक अभावका कारण आफू बजारका ठूला अस्पतालमा उपचार गर्न जान नसकेको नेपालीले दुखेसो पोखे । नेपाली सेना श्री नं १९ बाहिनी अड्डा तुलसीपुरको समन्वय तथा रणसिंहदल गण घोराही दाङ र शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजना एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती आँखा अस्पताललगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा शान्तिनगर गाउँपालिका–५ बैसामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सयौँ सर्वसाधारणले आफ्नो स्वास्थ्य परीक्षण का गराएका छन् ।
१९ नं वाहिनी अड्डाका वाहिनीपति सहायक रथी पदमबहादुर बुढाले आर्थिक अभावका कारण उपचारमा पहुँच नपुगेका दुरदराजका नागरिकहरुलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । उनले नेपाली सेनाले जनताको आवश्यकतालाई दृष्टिगत गरी गाउँपालिकाको सहकार्यमा विशेषज्ञसहितको सेवा प्रदान गरिएको बताए ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्थानीय जनताको स्वास्थ्यलाई दृष्टिगत गरी नेपाली सेनाको सहकार्यमा शिविर आयोजना गरिएको बताए । स्थानीय स्तरमा विभिन्न रोगको उपचार जनताले सजिलै नपाउँदा खेप्नु परेको समस्यालाई दृष्टिगत गर्दै विशेषज्ञ सेवासहितको निःशुल्क शिविर आयोजना गरिएको उनको भनाइ थियो । शिविरमा दुई जटिल अवस्थाका बिरामीको आइतबार राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गरिने बताए ।
शिविरमा सात सय ४२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । “गम्भीर बिरामीलाई काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारका लागि पठाइने छ”, अध्यक्ष बस्नेतले भने । शिविरमा स्त्रीरोग, चर्म रोग, आँखा, दाँत, हाड जोर्नीलगायत विशेषज्ञसहितको सेवा प्रदान गरिएको थियो ।

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_TYtzP5iB2v_dwtcaaibnz6mgkyrjhgxspdzl41rclezstoykisi7y87hnsn7tcbjrbxf6yn.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_gIesOanmA8_q4gavgkkzn6uehtfmcl85enbbnky8heh3x2m37uwnvj4p8pmvhgtfrecixaa.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

प्रतिक्रिया