बागमती प्रदेश सभामा बजेटबारे छलफल सुरु

हेटौंडा : बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष ०७८/०७९ को वार्षिक बजेटमाथि छलफल सुरु भएको छ । प्रदेश सरकारले आगामी वर्षको लागि असार १ गते ५७ अर्बको बजेट प्रस्तुत गरेको थियो । बजेट प्रस्तुत भएको १७ दिनपछि आय र व्ययमाथि आज सामान्य छलफल भएको हो ।
छलफलमा भाग लिँदै सांसद विराजभक्त श्रेष्ठले यो वर्षमा सवारी साधन कर पूर्ण छुट दिन सरकारलाई आग्रह गरेका छन् । सवारी साधन राम्रोसँग चल्न नपाएका कारण सरकारले कर छुट गनुपर्ने उनले बताए । उनले बजेट ल्याउँदा ४ वर्षको बजेटको समीक्षा गनुपर्ने भन्दै कर्मकाण्डीको लागि औपचारिक छलफल गर्न नहुने बताए ।
सांसद लेखनाथ दाहालले पनि औपचारिकताको लागि छलफल गर्ने र पारित गर्न गणितीय माध्यम हुने भन्दै यस्तो परम्परा सच्चाउनुपर्ने बताए । सरकारले विपद् व्यवस्थापनमा पर्याप्त बजेट छुट्टाउन उनले माग गरे । सांसद प्रभात तामाङले आय र व्यय दुवैको अनुमान प्रदेस सरकारको काल्पनिक भएको बताए ।
चालू वर्षको चैत्र सम्म ३२ प्रतिशत बजेट खर्च भएको भन्दै सरकारसँग बजेट खर्च गर्ने सक्न क्षमता नभएको उनले बताए । राजश्व आम्दानी गर्न र खर्च गर्न दुवैमा सरकार फेल भएको उनले आरोप लगाए । गित गाउनलाई र चुनावी बजेट मात्र बाँडफाँड गरेको भन्दै आगामी बजेट कार्यान्वयन नै नहुने उनले ठोकुवा गरे ।
सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सांसद इन्द्रमाया गुरुङले भने बाढीपहिरोमा परेर बेपत्त भएकाहरुकाले खोज गर्न सरकारसँग आग्रह गरिन् । यस्तै मेलम्ची, हेलम्बुमा बेलिब्रिज संचालनमा तत्परता देखानउ आवश्यक भएको गुरुङले बताइन् ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया