साउदी लिगमा अल हिलाल अपराजित

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ ।
गएराति भएको खेलमा अल हिलालले अल इत्तिफाकलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
अल हिलालको जितमा अलेक्जेन्डर मिट्रोभिक, माल्कम र मोहमद अल क्व्हटानीले एक एक गोल गरेका थिए ।
त्यस्तै अल इत्तिफाकका लागि एक गोल भिक्टर सान्तोसले गरेका थिए । यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा अल इतीफाकका अब्दुल्लाह राडिफले रातो कार्ड पाएका थिए ।
यो जितपछि अल हिलालको १० खेलमा २८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । त्यस्तै अल इत्तिफाकको १० खेलमा ११ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया