च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न भारत पाकिस्तान नजाने

काठमाडौँ- भारतीय क्रिकेट टिम अर्को वर्ष हुने च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी हुन पाकिस्तान नजाने भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हालै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णय पछाडि सुरक्षा चिन्ताको कारणले पत्र पठाएको छ । भारतले आफ्ना सबै खेल दुबईमा खेल्न चाहेको पनि बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।
च्याम्पियन्स ट्रफी अर्को वर्ष फेब्रुअरी १९ देखि मार्च ९ सम्म खेलाइने छ । यस प्रतियोगिताका खेल कराँची, लाहोर र रावलपिंडीमा हुने अहिलेसम्मको तालिकामा उल्लेख छ ।
भारतीय टोलीले सन् २००७–०८ देखि पाकिस्तान भ्रमण गरेको छैन । सन् २००८ मा मुम्बईमा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानमा क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो । त्यसपछि दुवै टोली आईसीसी र एसीसी प्रतियोगितामा खेलिरहेका छन् । २०१३ देखि, दुबै टोलीले तटस्थ स्थानहरूमा १३ एकदिवसीय र ८ टी-२० खेल खेलेका छन् ।
भारतले पछिल्लो पटक सन् २००८ मा पाकिस्तानको भ्रमण गरेको थियो । भारतीय टोलीले उक्त ३ टेस्ट म्याचको शृङ्खला १-० ले जितेको थियो ।
पाकिस्तानले सन् २०१२-१३ मा भारत भ्रमण गरेको थियो । उक्त भ्रमणमा द्विपक्षीय शृङ्खलाका ३ एकदिवसीय र २ टी–२० खेल खेलिएका थिए । पाकिस्तानले एकदिवसीय सिरिज २–१ ले जितेको थियो भने टी–२० सिरिज १–१ को बराबरी भएको थियो ।
च्याम्पियन्स ट्रफी २०२५ को आयोजनाको जिम्मा पाकिस्तानलाई दिइएको छ । पीसीबीले प्रतियोगिताको स्थान र तालिकाको मस्यौदा आईसीसीलाई बुझाएको छ । प्रतियोगिता अर्को वर्षको फेब्रुअरी–मार्चमा खेलाइने छ । मस्यौदा अनुसार भारतलाई समूह ए मा पाकिस्तान, बंगलादेश र न्युजिल्याण्डसँगै राखिएको छ । समूह बी मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान छन् ।
तालिका अनुसार भारतको तीन खेल फेब्रुअरी २० (बंगलादेशसँग), फेब्रुअरी २३ (पाकिस्तानसँग) र मार्च २ (न्युजिल्याण्डसँग) हुनेछ ।
गत वर्ष एसिया कपको आयोजनाको अधिकार पाकिस्तानले पाएको थियो । त्यतिबेला पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । त्यसपछि ‘हाइब्रिड मोडल’मा प्रतियोगिता आयोजना भएको थियो । भारतका खेल श्रीलंकामा भएको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया