हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ ।
शनिबार प्राधिकरणको पहलमा स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरूका प्रतिनिधिको बैठकमा हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति भएको हो ।
सहमति अनुसार विमान कम्पनीहरूले ट्राभल एजेन्सीलाई टिकट बिक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिएको छ । त्यस्तै, एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको सर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडा दर कायम गर्ने सहमति समेत भएको छ ।
बैठकले हवाई टिकटको मूल्य सूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमा मात्रै गर्ने समेत निर्णय भएको छ भने हवाई भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुने सहमति भएको छ ।
बैठकमा क्यानका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरू सहभागी रहेको क्यानले जानकारी दिएको छ ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया