नेपाल युएईसँग पराजित

काठमाडौँ - नेपाल जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग पराजित भएको छ । दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई १३ रनले पराजित गरेको हो ।
युएईले दिएको १२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाएकी थिइन् ।
यसअघि पहिला ब्याटिङ गर्दै युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।
योसँगै युएईले लगातार तेस्रो जित हासिल गरेको छ । त्स्टिया नेपालले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।
अब नेपालले आइतबार थाइल्याण्डसँग र युएईले कुवेतसँग खेल्ने तालिका रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

प्रतिक्रिया