ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी

काठमाडौँ - अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले अमेरिकी चुनावमा कमला ह्यारिसको हारमा राष्ट्रपति जो बाइडेन जिम्मेवार रहेको बताएकी छन् ।
चुनावको परिणामपछि पहिलो पटक प्रतिक्रिया दिँदै पेलोसीले बाइडेनले पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्र्याटिक पार्टीको लागि स्थिति राम्रो हुने टिप्पणी गरेकी हुन् ।
डेमोक्रेटिक पार्टीकी नेतृ रहेको पेलोसीले एक पोडकास्ट अन्तर्वार्तामा बाइडेनले पहिले नै आफ्नो दाबेदारी छोडेको भए डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार अरु कोही नै हुने पनि दाबि गरेकी छन् ।
पेलोसीले पार्टीको राष्ट्रपतिको मनोनयनमा धेरै उम्मेद्वारहरू समावेश हुने र अहिलेको भन्दा अवस्था फरक हुनसक्ने बताएकी छन् । बाइडेनले फेरि चुनाव लड्ने इच्छा व्यक्त गरेपछि पार्टीले अन्य उम्मेदवारलाई विचार नै नगरेपछि डेमोक्रेटिक पार्टीबाट अन्य उम्मेदवार बन्ने सम्भावना बनेको थिएन ।
ह्यारिस निर्वाचनमा डोनाल्ड ट्रम्पसँग पराजित भएपछि डेमोक्रेटिक पार्टी भित्र अहिले आरोप प्रत्यारोप चलिरहेको छ । डेमोक्रेटिक पार्टीका केही समूहले अहिले पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत ह्यारिसको हारको जिम्मेवार भनेका छन् ।
पेलोसीले बाइडेनले ट्रम्पसँगको पहिलो सार्वजनिक बहसपछि राष्ट्रपतिको दौडबाट बाहिरिने निर्णय परेपछि पार्टीले तुरुन्तै कमला ह्यारिसको नाममा सहमति बनाएको बताएकी छन् । उनले राष्ट्रपति बाइडेनले तुरुन्तै ह्यारिसलाई समर्थन गरेपछि अन्य उम्मेदवारले सोच्ने समय समेत नपाएको टिप्पणी गरेकी छन् । पेलोसी यस निर्वाचनमा क्यालिफोर्नियाबाट २०औं पटक तल्लो सदनका लागि निर्वाचित भएकी छन् । पेलोसी २००७ देखि २०११ सम्म र २०१९ देखि २०२३ सम्म अमेरिकी सभामुख बनेकी थिइन् ।
डेमोक्रेटिक पार्टीकी प्रभावशाली नेतृ पेलोसीलाई यस अघि डेमोक्रेटबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा पनि हेरिएको थियो ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_cVV7mok8pj_kmrh9ljv8ykinlwdoo1875hu3vg8zlw4dsmbcil8g3npg7mrmtggohikbmyi.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया