व्यवसायीद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग

गण्डकी - पोखरामा क्रियाशील पर्यटन व्यवसायीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन् ।
शनिबार पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी मन्त्री पाण्डेलाई उडान सञ्चालनका लागि मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने र भइरहेको सडक स्तरोन्नतिलाई तीव्रता दिन व्यवसायीले आग्रह गरेका हुन् ।
पर्यटन व्यवसायीका सङ्घसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउनु हुँदै पोखराबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न माग गरे । उनले पोखरा आउने सडकको स्तरोन्नतिलाई तीव्रता दिन, नेपाल र चीनबीचको कोरला नाका सहज र नियमित सञ्चालनका लागि पहल गर्न पनि आग्रह गरे ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठीले त्रिभुवन विमानस्थल १० घण्टासम्म बन्द गर्नुपर्ने अवस्था आएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सदुपयोग गर्न माग गरे । होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र राजमार्गको स्तरोन्नतिमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटनबाट मात्र नेपालको गरिबी निवारण हुनसक्ने भएकाले खेल पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । उनले यस क्षेत्रमा पर्यटन एवम् शान्ति सङ्गीत महोत्सव गर्न सुझाव दिए ।

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

पर्यटन प्रवर्द्धनका लागि नयाँ पदमार्ग निर्माणमा ‘टान’

मुख्य याममै सौराहामा आएनन् पर्यटक

न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

‘नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक छिट्टै पारित हुन्छ’

प्रतिक्रिया