ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ । गएराती भएको खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा जोआओ पेड्रो र म्याट ओरिलेले एक एक गोल गरेका थिए । १-० गोलले पछि परेको ब्राइटनले दोस्रो हाफमा शानदार कमब्याक गर्दै सिटीलाई स्तब्ध बनाएको थियो । म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए ।
यो जितपछि ब्राइटनको ११ खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको भने ११ खेलमा २३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । सिटी शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा ५ अंकले पछाडी रहेको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया