फाल्गुनन्दको पूर्ण कदको शालिक कोइरालाले अनावरण गर्ने

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइराला इलाम जाँदैछन् । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १४०औं जन्मजयन्तीको अवसर पारेर कोइराला त्यहाँ पुग्न लागेका हुन् ।
यसअघि भने फाल्गुनन्दको जन्ममा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुन्थे । यसपटक भने कोशी प्रदेशमा किँरातहरूको योगदान र बाहुल्यता रहेकाले कोइराला आफैँ सहभागी हुन लागेका हुन् ।
कोइराला आफैँ पनि कोशी प्रदेशका हुन् । विशेषगरी किँरातहरू पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर,धनकुटा, खोटाङ र संखुवासभामा बसोबास गर्दै आइरहेका छन् ।
आइतबार कोइरालाले फाल्गुनन्द लिङ्देनको पूर्ण कदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ पुगेर किँरात फाआप मिङ्सो माङ्हिमको समुद्घाटन गर्नेछन् ।
सन्दुकपुरमा वर्षेनी फाल्गुनन्द जगन्तीका दिन कार्यक्रम हुने गर्दछ । यसअघि राष्ट्रपति प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा कोइराला सहभागी हुन लागेका हुन् ।
किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन्।
महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपरेका थिए।
त्यसक्रममा उनले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको २००५ सालमा निधन भयो।
किराँत समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरिएको थियो।
उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ।
फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया