इन्टर मियामी एटलान्टासँग हार्यो, एमएलएस कपबाट बाहिरियो

काठमाडौँ- इन्टर मियामी एटलान्टा युनाइटेडसँग पराजित भएसँगै यस सिजनको एमएलएस कपको दौडबाट बाहिरिएको छ ।
प्लेअफको तेस्रो तथा निर्णायक खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । आइतबार बिहान भएको खेलमा पराजित भएसँगै इन्टर मियामीको यस सिजनको एमएलएस कपको यात्रा टुंगिएको छ ।
यसअघि लिगमा शानदार प्रदर्शन गरेको इन्टर मियामीले एटलान्टासँगको पहिलो प्लेअफ २-१ ले जितेको थियो भने दोस्रो खेलमा २-१ नै हारेको थियो ।
उस खेलमा एटलान्टाको जितमा जमाल थियारेले २ गोल गरेका थिए भने बार्टोस स्लिजले एक गोल गरेका थिए । त्यस्तै इन्टर मियामीका लागि माटियास रोजास र लियोनेल मेसीले एक एक गोल गरेका थिए ।
इन्टर मियामीलाई स्तब्ध पर्दै एटलान्टा इस्टर्न कन्फेरेन्सको सेमिफाइनलमा पुगेको छ । अब एटलान्टाले सेमिफाइनलमा ओर्लान्डो सिटीको सामना गर्ने छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया