मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

काठमाडौँ- मिस टिन नेपाल २०२४ का प्रतियोगीहरुले आ-आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।
ट्यालेन्ट शो राउन्ड अन्तर्गत उनीहरुले शनिवार एक कार्यक्रमबीच कला देखाएका हुन् । मिस टिन नेपालको यस संस्करणमा १६ जना सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगीहरुले नृत्य, गायन, बक्तृत्वकला लगायतका कला प्रस्तुत गरेका थिए । सो कार्यक्रममा ‘काठमाडौं जेसिस’ का अध्यक्ष एन्जिला खडका, पूर्व अध्यक्ष सुमन महर्जन, कार्यकारिणी उपाध्यक्ष नारायण अचार्य, सचिव श्याम घिमिरे, कोषाध्यक्ष करुणा थापा, उपाध्यक्ष रितिज कार्कि रहेका थियो ।
साथै मिस टिन नेपाल–२०२१ अदिति कोइराला उपस्थित रहेको थियो । सो कार्यक्रमको कोरियोग्रफर सुगारिका केसि गरेका थिए भने कार्यक्रमको संचालन अदिति कोइरालाले गरेका थिए ।
जजमा टेन एक्स क्लबका सिइओ पौरखमर्दन बस्न्यात, काठमाडौँ जेसीजका पूर्व अध्यक्ष सुमन महर्जन, सिङ्स लाउन्जका म्यानिजेङ डाइरेक्टर सोबर वाङदेन, कवी किशोर घिमिरे र कोरियोग्राफर तथा अभिनेत्री तेन्जु योन्जन रहेका थिए ।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

जेठ ११ गतेदेखि सानेपामा ‘नेपाल फेसन फेस्टिभल-२०२४’ हुँदै

प्रतिक्रिया