माइतीघर मण्डलामा कांग्रेस सांसद बजगाईँले गरे महँगो हवाइ भाडाको विरोध

काठमाडौँ - नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले महँगो हवाइ भाडाको विरोध प्रदर्शन गरेका छन् । आइतबार सांसद बजगाईँले माइतीघर मण्डलामा विरोध सभा नै गरेर महँगिएको हवाइ भाडाको विरोध गरेका हुन् ।
सांसद बजगाईँले महँगो हवाइ भाडाको विरोध गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आलोचना गरेका थिए । उनले यस्तो अवस्थामा सरकार मुकदर्शक भएर बस्नु लज्जाजनक भएको बताउँदै विदेशिन बाध्य नेपाली दाजुभाई दिदीबहिनीमाथि महँगो भाडा थोपरिएको बताए ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम शुरु भएकाले रातिको १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले उडान कटौती गर्दै भाडादर बढाएका छन् ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया