शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

पूर्वमन्त्री अधिकारीलाई दुईदिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

तस्विरः फाइल फोटो

काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विराटनगरमा पक्राउ परेका अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएर अदालतमा पेस गरेको थियो ।

मानव तस्करीको आरोप लागेका अधिकारीलाई प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत् काठमाडौँ ल्याएको हो ।

मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद अधिकारीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको समयमा पक्राउ परेका हुन् ।